म प्रधानमन्त्रीको रेसमा छैन : प्रचण्ड

निरन्तर न्यूज
१० आश्विन २०७९, सोमबार १२:३१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री भन्दा पनि राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन ।’

आफूले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर आएको बताउँदै उनले भने, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*