महिला यु-१५ फुटबल : भुटानलाई हराउँदै नेपाल शिर्ष स्थानमा

काठमाडौं । नेपाल वुमेन्स यू–१५ साफ च्याम्पियनसीपको शीर्ष स्थानमा उक्लेको छ । नेपालले बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० ले हराएको हो ।
भुटानमाथि नेपालको यो लगातार तेस्रो जित पनि हो । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो । यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।