ढाका विमान दुर्घटना : अहिलेसम्म १९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

निरन्तर न्यूज
६ श्रावण २०८२, सोमबार १७:५७

काठमाडौं । बंगलादेश वायु सेनाको एफ-७ प्रशिक्षण विमान दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएको डेली सनले जनाएको छ ।

घाइतेहरूको ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल, कुर्मिटोला जनरल अस्पताल, र राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान लगायतमा उपचार भइरहेको छ ।

राजधानी ढाकाको उत्तरा क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो । विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १:०६ बजे उडेको थियो र करिब १:३० बजे उत्तरा १७ मा रहेको माइलस्टोन कलेजको तीन तल्ले भवनमा खसेको अन्तर-सेवात्मक जनसम्पर्क (आईएसपीआर)ले जनाएको छ ।

घटनास्थलमा बंगलादेश सेनाका जवानहरू र अग्नि नियन्त्रण तथा नागरिक सुरक्षा विभागका आठवटा दमकल परिचालन गरिएको अग्नि नियन्त्रक सेवा तथा नागरिक प्रतिरक्षाले जनाएको छ ।

घटनाको प्रत्यक्षदर्शी र माइलस्टोन कलेज नजिकैको अफिस ‘Friendship & Cooperation Recruitment’ मा कार्यरत साद्मान रुहसिनका अनुसार विमानले विद्यालय भवनलाई ठोक्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*