फिफा बिश्वकपमा इङ्ल्याण्डले इरानलाई फराकिलो गोल अन्तरले हरायो

हेटौंडा । फिफा विश्वकप कतार २०२२ को उपाधि दावेदार मानिएको इंग्ल्यान्डले समूह बी को पहिलो खेलमा सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६-२ ले पराजित गर्दै इंग्ल्यान्डले दावेदारी प्रस्तुत गरेको हो ।
पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थपेको थियो । इरानले खेलको अधिकांश समय डिफेन्समा व्यस्त रहेपनि काउन्टर अट्याकमा प्राप्त एक अवसरलाई भने गोलमा परिणत गर्यो । इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वना सावित भयो ।
इंग्ल्यान्डले खेलको सुरुवाती समयमा इरानले खेल्ने कुनै अवसर नै दिएन । बल पोसेसनमा एकपक्षीय पकड कायम राखेको इंग्ल्यान्डले अवसर सदुपयोग भने गर्न सकेन । सिमित समय बल राख्ने अवसर पाएको इरानले विपक्षी हाफमा बिरलै बल लगेको थियो ।