विश्वकप फुटबल फाइनलको रेफ्री मार्चिनियाक

निरन्तर न्यूज
१ पुष २०७९, शुक्रबार २२:२२

काठमाडौं ।आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेलको रेफ्री पोल्यान्डका सायमन मार्चिनियाक हुने भएका छन् । अर्जेन्टिना र फ्रान्सबीच हुने उपाधी भिडन्तको रेफ्री मार्चिनियाक हुने भएका हुन् । खेल लुसेल मैदानमा हुनेछ ।
४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोल्याण्डका पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । फाइनलको सहायक रेफ्री पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् ।
क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा हुने तेस्रो स्थानको खेल कतारका अब्दुलरहमान अली जासिमले खेलाउने छन् । तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीको जिम्मेवारी लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु