लाेसपा संसदीय दलकाे नेतामा ठाकुर चयन
निरन्तर न्यूज
६ पुष २०७९, बुधबार १८:३५
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।
पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी–३ बाट निर्वाचित भएका थिए ।
लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद् छन् । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन ।










