हेटाैँडाकी मेयर बनिन् नगरपालिका संघकाे केन्द्रीय सहकोषाध्यक्ष

निरन्तर न्यूज
६ पुष २०७९, बुधबार १८:५६

नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन् ।

काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनबाट लामा सर्वसम्मतरुपमा चयन भएकी हुन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौंडाकै पहिलो महिला मेयरमा निर्वाचित भएकी लामाले संघ र स्थानीय सरकारवीचमा रहेको समन्वयको अभाव हटाउन आफूले काम गर्ने बताइन् ।

‘संघ, प्रदेश र स्थानीय सरकारवीच धेरै विषयमा समन्वयको अभाव रहेको छ । हाम्रो कार्यकालमा यस विषयको समाधान गर्ने प्रयत्न गर्नेछौं ।’, उनले वित्तिय संघीयतालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आफ्नो तर्फबाट सक्दो योगदान गर्ने समेत बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*