काँग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ मा हुने

निरन्तर न्यूज
८ पुष २०७९, शुक्रबार १३:३८

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने भएको छ।कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन कार्यसमितिले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन संयोजक चन्द्र महर्जन द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार मतदानको नामावली प्रकाशन पुस १२ गते दिउँसो १ बजे ,नामावली उपर दावी विरोध सोही दिन २ बजेदेखि ३ बजेसम्म र दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली पुस १२ गते दिउँसो ४ बजेसम्म कायम रहेको जनाइएको छ। त्यसैगरी उम्मेदवारको लागि दरखास्त आह्वान पुस १३ गते ८ बजेदेखि बिहान १० बजेसम्म र उम्मेदवार उपरको दावी विरोध सोही ११ बजेदेखि ११:३० सम्म दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन १२ बजे, उम्मेदवारको नाम फिर्ता लिने सोही दिन १२:३० देखी १: ३० सम्म र उम्मेदवार अन्तिम नामावली प्रकाशन सोही दिन १:४५ बजे र मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म रहने उल्लेख गरिएको छ। निर्वाचन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*