प्रचण्डलाई बाबुरामको बधाई, कांग्रेसलाई सुझाव `अतिले खति गर्छ´

निरन्तर न्यूज
१० पुष २०७९, आईतवार १८:२५

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र,उक्त सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्ष नेता राष्ट्रपति कार्यालय पुगेका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरू ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् ।

त्यसपछि डा.भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।

‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक बधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्,’ अध्यक्ष डा.भट्टराईले ट्वीटरमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*