देउवाले संसदीय दलको नेता र सभापतिबाट राजिनामा दिनुपर्छ : कांग्रेस नेता घिमिरे

निरन्तर न्यूज
११ पुष २०७९, सोमबार ०९:५९

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन्।

नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धन भत्किएर प्रचण्ड एमालेसँग मिल्न पुगेपछि घिमिरेले देउवाको राजीनामा मागेका हुन्। घिमिरेले गठबन्धन किन जोगिएन भनेर प्रश्न पनि गरेका छन । राजीनामा नदिए विशेष महाधिवेशन बोलाउने पनि उनले चेतावनी दिएका छन ।

‘ने.का.सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएनरुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’ घिमिरिले ट्वीट गर्दै भनेका छन ।

राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंले राख्न खोज्दा गठबन्धन भत्किएको मात्रै छैन, कांग्रेसले अरु सबै गुमाईसकेको छ ।
यस्तोमा घिमिरेले अब देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद त्याग्नुपर्ने माग गरेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*