महान्यायाधिवक्ता खातीले दिए पदबाट राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उनले राजिनामा दिएका हुन् । सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा पेश गरेका छन् ।
उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साउन १ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ ।










