बानीयाँ र लामामा को बन्ला दलको नेता ?

निरन्तर न्यूज
१३ पुष २०७९, बुधबार १४:४०

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि कांग्रेस केन्द्रीय सदस्य बहादुर लामा तथा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । त्यसैगरि लामाको दर्ताका लागि प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल , तिर्थ बहादुर लामा , रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*