सरल सहयात्रीको शालिकरामप्रति कटाक्ष : छिर्के लगाएर गेम जितिन्छ, मन जितिन्न

निरन्तर न्यूज
१६ पुष २०७९, शनिबार १९:२६

काठमाडौं । शालिकराज जमकट्टेललाई सर्वसम्मत बागमती प्रदेशसभा संसदीय दलको नेता बनाईएपछि नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन ।

दलको नेता बनेर मुख्यमन्त्री हुने आकांक्षा राखेका पौडेलले आफूलाई छिर्के लगाएर लडाइएको प्रतिक्रिया दिएका छन । उनले जमकट्टेललाई काम गर्न सहज नहुने संकेत पनि गरेका छन । जम्मकट्टेलले छिर्के लगाएर दलको नेता जितेको उनको आरोप छ । ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिदैन । जबसम्म मन जितिदैन केही पनि जितिदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँझ उनले फेसबुकमा लेखेका छन् ।
पौडेलसँगै गंगा श्रेष्ठ, युवराज दुलाल पनि दलको आकांक्षी थिए । तर चुनाव समेत हुन नदिई सर्वसम्मतिले जमकट्टेलको नाम पार्टी नेताहरुले बैठकमा पेश गरेर पारित भएपछि उनले असन्तुष्टि जनाएका हुन । पार्टीका उपमहासचिव वर्षमान पुन निकट पौडेलले चुनाव लड्दा नै मुख्यमन्त्री हुने तयारी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*