गृहले माग्यो सादा पोशाकमा खटिएका प्रहरीको बिबरण

निरन्तर न्यूज
२५ पुष २०७९, सोमबार १०:५७

काठमाण्डौँ । गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका
छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । ‘मापदण्ड बनाएर परिचालन गरिएको छ’ एसएसपी थापाले भने–‘उनीहरु केन्द्रीय रूपमा खटिन्छन्, टिओआर पनि निर्धारण गरिएको छ ।’

सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागी विवरण मागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘सादा पोसाकमा खटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्दै छौं, आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइए फिर्ता गर्छौँ ।’गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*