बागमती प्रदेश प्रहरी प्रमुखमा डिआईजी थापाको सरुवा

निरन्तर न्यूज
२९ पुष २०७९, शुक्रबार २०:२३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्याल, प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा श्यामलाल ज्ञवाली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणा र विशेष ब्यूरोमा सुदीप गिरीलाई काज सरूवा गरिएको छ ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ काज सरूवा भएका छन् । प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा काज सरूवा भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा अशोक सिंह, मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालय र भीमप्रसाद ढकाल कर्णालीमा काज सरूवा गरिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*