बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले दिए माघे सङ्क्रान्तिक शुभकामना

निरन्तर न्यूज
१ माघ २०७९, आईतवार १२:५९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना ब्यक्त गर्नु भएको छ । आज बिहान शुभकामना सन्देश दिदै उहाँले थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति को अवसरमा शुभकामना दिनु भएको हो ।

नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा समेत मुख्यमन्त्रीले गर्नुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताउनु भएको छ ।

नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*