पाँच महिनापछि मैदान फर्केका सन्दीपले विकेट लिँदा भावुक बने

काठमाडौं । सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिएका छन् ।
बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई बोल्ड आउट गरे । विकेटलिएपछि सन्दीप भावुक बनेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा तीन मात्रै रन खर्चिए ।
पाँच महिनाअघि केन्यामा भएको खेल सन्दीपको पछिल्लो खेल थियो । उनी ९९ दिन थुनामा बसेर गत पुष २९ गते रिहा भएका थिए । उनी रिहा भएसँगै नेपाल क्रिकेट संघ क्यानले उनलाई टिममा समावेश गरेको थियो ।