मंगलबार गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने

निरन्तर न्यूज
१३ चैत्र २०७९, सोमबार १४:१५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गरेका हुन् ।
सभापति देउवा र अध्यक्ष नेपालसँगको छलफलमा मंगलबार अपरान्ह ४ बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने छलफल

भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*