बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

निरन्तर न्यूज
१४ बैशाख २०८०, बिहीबार १६:०१

हेटाैँडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले भरे मध्यरातदेखि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारी र युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सुशासन केन्द्रमा कार्यकारी निर्देशकमा भरतपुरका गोपालकृष्ण न्यौपानेलाई नियुक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*