एमाले सचिवालय बैठक : वार्षिक कार्य योजना, प्रधानमन्त्रीको भारत भ्रमणबारे समिक्षा

निरन्तर न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार १०:२७

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजेबाट बैठक सुरु हुनेछ ।

सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

यस्तै बैठकको सूचीमा नभएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र भएका सम्झौताहरु प्रारम्भिक समिक्षा हुने एक नेताले बताए ।
एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*