कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान गरिने

निरन्तर न्यूज
१७ असार २०८०, आईतवार ११:३४

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुखले एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी गरेका छन् ।

यसअघि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आव्हान गर्ने भन्ने विषयमा प्रदेश प्रमुख पर्शुराम खापुङ कानुनी परामर्शमा रहेका थिए ।

परामर्शपछि प्रमुख खापुङले आइतबार नयाँ सरकार गठनका लागी आव्हान गर्ने प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले बताए ।

संविधानको धारा (६८ को उपधारा ९२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले अडान राख्दै आएको छ भने विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा (६८ को ९२) अनुसार नै सरकार गठन गठन हुनुपर्ने बताइरहेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव शुक्रबारको प्रदेशसभाबाट फेल भएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*