समाजवादी मोर्चाको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा
काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक बस्दैछ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा अपराह्न ४ बजे बस्नेछ ।
बैठकमा वर्तमान राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने बताइएको छ ।
असार ४ गते बसेको बैठकमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) सँगै नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्










