नेपाल समाजवादी पार्टीकाे मकवानपुरमा संगठन विस्तार अभियान शुरु
हेटाैँडा । नेपाल समाजबादी पार्टीकाे संगठन निर्माण तथा बिस्तार अभियानको मकवानपुरमा शुभाम्भ गरिएकाे छ ।
आज हेटौडा १९ कुनाटोलमा अवस्थित सहिद स्मृति पार्क परिसरमा बृक्षराेपण गरेर अभियानकाे शुभारम्भ गरिएकाे जिल्ला अध्यक्ष राजकुमार भेटवालले जानकारी दिए ।
नेसपाका केन्द्रिय कार्यकारीणी सदस्य साेनाम सिं स्याङतानले बृक्षराेपण गरेर अभियान शुभारम्भ भएकाे बताए ।
‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प‘ भन्ने नारासहित पौषसम्म चल्ने अभियानको आज देशैभर शुभारम्भ गरिएकाे नेता स्याङतानले जानकारी दिए । अमला,अम्बा,सतिसाल,रिठ्ठा,बेल,जामुन लगाएत बिभिन्न जात जातीका बिरुवा राेपिएकाे जिल्ला अध्यक्ष भेटवालले जानकारी दिए ।
कार्यक्रममा नेसपाका केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज राजेन्द्र सिम्खडा, केन्द्रिय सदस्य इजहार आलम, प्रदेश सदस्य प्रकाश मैनाली, जिल्ला उपाध्यक्ष हरीहर खतिवडा, कोषाध्यक्ष सुदिप कार्की, सदस्य सन्तोष उप्रेती, नगर अध्यक्ष राम पुडासैनीलगायतकाे सहभागिता रहेकाे थियाे ।
बृक्षराेपण कार्यक्रममा शहिद स्मृति पार्कको संस्थापक महासचिव कृष्ण जिम्बा, निर्मल माविका अध्यक्ष अमृत ओली, निर्माण समिती अध्यक्ष राम ब्लोन, हात्तिगौडा ड्रिम पार्क परिवार लगायत स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।










