प्रधानमन्त्री एक साताकाे भ्रमण सकेर स्वदेश फर्कंदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री आज स्वदेश फर्कनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले यही वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको छ ।










