सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बाबुरामकाे आराेप

निरन्तर न्यूज
१२ श्रावण २०८०, शुक्रबार १८:५८

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन्।

उनले नेताहरूले गरेको संविधानको उल्लंघनलाई सर्वोच्च अदालतले सच्चाएको टिप्पणी गरेका छन्। शुक्रबार ट्वीटमार्फत् कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘ प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन) हो, त्यहॉ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।’

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेपछि मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

विधान निर्माताले नै आफ्नो छुद्र दलीयरगुटीय र निजी स्वार्थका लागि संविधान मिच्नु र मिच्न लगाउनु गम्भीर विषय भएको भट्टराईले टिप्पणी गरेका छन् । ‘संविधानको रक्षा कसले गर्छरु रक्षक नै भक्षक बनेपछि कसको के लाग्छरुु उनले भनेका छन्, ुएकपटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेकोरु आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ? ‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*