सामर्थ्यलाई अवमुल्यन नगर : प्रचण्ड

निरन्तर न्यूज
१ जेष्ठ २०७६, बुधबार २३:०४

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन विशेष नेतालाई प्रधानमन्त्री बनाउने सामर्थ्य आफुसँग भएकाे  दाबी गरेका छन् ।

त्यसैले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो योगदानलाई कमजाेर  ठानेर अवमुल्यन नगर्न आग्रह समेत गरे ।

तत्कालीन एमालेको युवा संगठनको २९औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरेका हुन् । उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

उनले मार्क्सवाद धर्मशास्त्र नभएर गतिशील विज्ञान भएकोले समयअनुकूल विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले युवालाई समाजवादको बहस र संघर्षमा आउन पनि आह्वान गरे ।

अध्यक्ष प्रचण्डले युवाको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*