राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

निरन्तर न्यूज
१७ श्रावण २०८०, बुधबार ०८:४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ।

नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले मंगलवार राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेकाे राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*