पार्टीका नेताहरूको सम्पत्ति छानबिन गरिनुपर्छ : माओवादी केन्द्रीय कमिटी बैठकमा नेताहरुकाे माग

निरन्तर न्यूज
१७ श्रावण २०८०, बुधबार १९:४५

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा पार्टीकै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ । बुधबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो माग उठाएका हुन् ।

सुरूमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि बोल्न समय पाएका नेताहरूले यस्तो माग गरेका हुन् ।

एक केन्द्रीय सदस्यले अरु बैठकमा बोल्न समय पाएका नेताहरूलाई उद्धृत गर्दै नेपालभ्यूजसँग भने, “हामी ठूला-ठूला गफ गर्छौँ । लोकतन्त्रको पाठ अरुलाई पढाउँछौँ, लोकतान्त्रिक पद्धतिको पाठ सुनाउँछौँ । तर, पहिले हामी आफू लोकतान्त्रिक बन्नुपर्छ । अब हाम्रै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ सुरूमा । गरौँ गरौँ भनेरमात्रै हुँदैन, आफैँबाट सुरू गर्नुपर्छ ।”

आजको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*