नेकपाको जनवर्गीय संगठनको जिम्मेबारी टुंग्यायो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले लामो समयको बहस र छलफल पश्चात पार्टीका जनवर्गीय संगठनहरुको भागबण्डा गरेको छ ।
बिहिबार बालुवाटारमा बसेको बैठकले नेकपाको २२ जनवर्गीय संगठनमध्ये अधिकांशको जिम्मेबारी टुंग्याएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली विदेश भ्रमणमा रहेको कारण महासचिव विष्णु पौडेलले विभिन्न नेताहरुसँग आवश्यक परामर्श गरी तयार बनाएको सूचिलाई अन्तिम रुप दिन सकिएको थिएन ।
पार्टी अध्यक्ष एवमे प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किएसँगै विहीबार सचिवालयको बैठक बसी सूचिलाई अन्तिम रुप दिइएको हो ।
अनेरास्ववियू
संयोजक, ऐन महर (एमाले)
सह–संयोजक रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत (माओवादी)
युवा
संयोजक, रामप्रसाद सापकोटा (माओवादी)
सह–संयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेल (एमाले)
महिला
संयोजक, अमृता थापा (माओवादी)
सह–संयोजक, सीता पौडेल (एमाले)
मजदुर
संयोजक, विनोदमान श्रेष्ठ (एमाले)
सह–संयोजक जगत सिम्खडा, (माओवादी)
प्रेस संगठन
संयोजक, महेश्वर दाहाल (माओवादी)
सह–संयोजक गणेश बस्नेत (एमाले)
बुद्धिजीवि
संयोजक, दिनेशचन्द्र देवकोटा (एमाले)
सह–संयोजक, कृष्ण केसी (माओवादी)
यसअघि टुंगिइसकेका जनवर्गीय संगठनहरु
इन्जिनियर
संयोजक, शम्भुबहादुर श्रेष्ठ (एमाले)
सह–संयोजक, हरि पराजुली (एमाले)
मानवअधिकार तथा सामाजिक अभियान नेपाल
संयोजक, मीनबहादुर शाही (एमाले)
सह–संयोजक, हुकुम पोखरेल (माओवादी)
नेपाल कानुन व्यवसायी संगठन
संयोजक, रुद्र नेपाल
सह–संयोजक, दीनमणि पोखरेल
टुंग्याउन बाँकी जनवर्गीय संगठनहरु
किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुम्बासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसाँस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठन










