सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजियो : मिनेन्द्र रिजाल

निरन्तर न्यूज
२ जेष्ठ २०७६, बिहीबार २०:१४

काठमाडौँ । प्रतिनिधिसभाकोे बैठकमा सांसदद डा मीनेन्द्र रिजाललले चालू आर्थिक वर्षमा उत्साहप्रद तरिकाले पूँजीगत खर्च हुन नसकेको, राष्ट्रिय गौरवका आयोजनाका नाममा बजेट केन्द्रिकृत गर्न खोजिएको र सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजिएको आरोप लगाउनुभयो । अघिल्लो वर्षको १० महीनाभन्दा यस वर्षको सोही अवधिमा पूँजीगत खर्च कम भएको समेत रिजालले बताउनुभयो ।

संसदमा बोल्दै विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६/०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै र्सासद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा अहिलेको सार्वजनिक खरीद ऐन बाधक भएको जानकारी दिनुभयो । उहाँले जनचाहना र आकांक्षा अथाहा भए पनि सरकारले सीमित स्रोत र साधनको अधिकतम् परिचालन गरी सहमति र सहकार्यका आधारमा बजेटको निर्माण गर्नुपर्ने बताउनुभयो ।

। सांसद विमलप्रसाद श्रीवास्तवले एकले अर्कालाई धारे हात लगाएर विरोध माथि विरोध गर्दैमा मुलुकको आर्थिक विकास असम्भव हुने भएकाले जनप्रतिनिधिले तथ्य र तथ्याङ्कका आधारमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सांसद प्रेम सुवालले सरकारले गरीब किसानलाई उठिबास लगाएको, खेतीयोग्य जमीन खण्डीकरणमा प्रोत्साहान दिएको र कृषि ऋणलाई सर्वसुलभरुपमा बितरण नगरेको बताउनुभयो ।

त्यसैगरी सांसद जनार्दन शर्माले समाजवादउन्मुख अर्थतन्त्रलाई दिगो बनाउन सुशासन र पारदर्शीता कायम राख्न कसैसँग सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले व्यापारघाटा कम गर्ने एकमात्र विकल्प कृषि क्षेत्रको विकास भएको बताउनुभयो ।

साँसद उमेश श्रेष्ठले अर्थनीति राम्रो हुन नसकेकै कारण मुलुकको विकास पछि परेको बताउनुभयो । सांसद एकवाल मियाँले कर्मचारीको तलब वृद्धिमा सरकारले ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।

सांसद सरिता गिरीले सरकारले कृषि ऋणलाई सर्वसुलभ बनाउन नसकेको, वास्तविक किसानले ऋण पाउन नसकेका कारण कृषि कर्म गर्ने युवाको कृषिमा आकर्षण घट्दै गएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*