मदन–आश्रित हत्यारा खोजी गरिदै : गृहमन्त्री
काठमाडौं । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मदन–आश्रितलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले वहाँहरुको हत्यारा खोजी कार्य शुरु गरिसकेको बताएका छन् ।
गृहमन्त्री थापाले भने, ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’ शुक्रबार २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले हत्याराको खोजी तथा तथा छानबिन प्रक्रिया सुरू गरिएको बताएका हुन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दास ढुंगा जीप दुर्घटनामा निधन भएको थियो । सो दुर्घटनाको सत्यतथ्य यतिका वर्षसम्म बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन ।










