नेपाल प्रहरीका ९ सय ५८ इन्स्पेक्टरको सरुवा

निरन्तर न्यूज
३० श्रावण २०८०, मंगलवार १२:५५

हेटौँडा । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ७ प्रहरी निरीक्षकसहित ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकालेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी विभिन्न जिल्लामा कार्यरत,ईलाका,गण,प्रदेश प्रहरी कार्यालय र काठमाडौँ उपत्यकामा कार्यरत ९५८ जना इन्स्पेक्टरको सरुवा निकालेको हो ।

त्यसैगरि केही दिन अघि वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका ६४ जना प्रहरी निरीक्षकको पदस्थापन गरेको छ । लामो समय प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको सरुवा ननिकाल्दा आलोजना खेप्दै आएको थियो ।

प्रहरी निरीक्षककाे सरुवा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*