कोशीमा एमालेको सरकार बनाउने एमाले अध्यक्ष ओलीकाे दाबी

निरन्तर न्यूज
८ भाद्र २०८०, शुक्रबार १८:४१

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सो दाबी गरेका हुन् । उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’

सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए ।

उनले भने, ‘सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरको, संविधान मिच्ने ? हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय होइन, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम ।’

सरकार चलाउन त ४७ (बहुमत) पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*