प्रहरीले अन्तराष्ट्रिय तहकाे प्रविधि प्रयाेग गर्नुपर्ने : मन्त्री श्रेष्ठ

निरन्तर न्यूज
३० भाद्र २०८०, शनिबार २२:२१

प्रहरीले अन्तराष्ट्रिय तहकाे प्रविधि प्रयाेग गर्नुपर्ने : मन्त्री श्रेष्ठ

हेटाैँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बिज्ञान र प्रविधिकाे जमानामा प्रहरीहरुले पनि साेही अनुरुप अन्तराष्ट्रिय तहकाे बिज्ञान प्रविधिकाे प्रयाेग गर्न जरुरी रहेकाे बताउनुभएकाे छ ।

आज शुक्रबार मकवानपुरकाे पदमपाेखरी प्रहरी चौकीकाे उद्घाटन गर्दै आन्तरिका मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताउनुभयाे । मन्त्री श्रेष्ठले अहिलेकाे प्रहरीकाे क्षमतालाई गुणात्मक ढ‌गले बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे । मन्त्री श्रेष्ठले हाम्राे देशका प्रहरीहरुलाई नागरिक मैत्री बनाउने कुरामा लागिरहेका छाैँ  तर एउटा हातले मात्र तालि नबज्ने भनेझै नागरिकहरु पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने बताउनुभयाे । प्रहरी भनेकाे एउटा टुल्स हाे यसलाई प्रयाेग गर्न सक्दा प्रहरी मैत्री संस्कारकाे विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयाे ।

नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायाेजन सम्पन्न गर्ने प्रतिवद्धता गरेकाे थियाे, साे प्रतिवद्धता अनुसार प्रहरी समायाेजन नहुने भएपछि मन्त्री श्रैष्ठले नेपाल सरकारविरुद्ध सम्मानित सर्वाेच्च अदालतमा मुद्दा हाल्न बाध्य हुँदै गएकाे धारणा पनि व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी माेक्तानले पदमपाेखरीमा प्रहरी चाैकी स्थापना हुनु खुसीकाे कुरा भएकाे भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जाेड दिनुभयाे । मन्त्री श्रेष्ठले पदमपाेखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेकाे भन्दै यसका लागि पहल भैरहेकाे बताउनुभयाे ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दिपक प्रसाद न्याैपाने, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा १३ का वडा अध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाल, प्रहरी उपरिक्षक चित्र गुरुङ, राकेश सि‌ह, सशस्त्र प्रहरी उपरिक्षक अनिल कार्कीलगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा चौकी निर्माणमा याेगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएकाे थियाे ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे २ कराेड २६ लाख १५ हजार १ सय १७ रुपैया बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष,  महिला ब्यारेक, कार्यालय प्रमुख निवास सहित ३ तल्ले प्रहरी चाैकिकाे निर्माण भएकाे हाे ।

police chauki padampokhari

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*