इजरायल र हमास समूहबीचकाे युद्धमा कम्तिमा २ सय ३० जनाको मृत्यु

निरन्तर न्यूज
२१ आश्विन २०८०, आईतवार ०८:३१

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायली सेनाले गरेको प्रत्याक्रमणमा कम्तिमा पनि २ सय ३० जनाको मृत्यु भएको छ।

आक्रमणमा परेर १ हजार भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । इजरायली सेनाले गाजा क्षेत्रका बासिन्दालाई घर छोडेर सुरिक्षत स्थानमा जान भनेको छ र त्यहाँ कयौं रकेट आक्रमण गरेको छ ।

शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ। हमासको आक्रमणमा परी ३ सय जनाको ज्यान गएको बताइएको छ ।

आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ। हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।

हमास समूहले इजरायलकाे गाजा क्षेत्रमा रकेट आक्रमणपश्चात् ध्वस्त भएकाे संरचना । तश्विर एपी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*