घिमिरेले पाए अख्तियार प्रवक्ताकाे जिम्मेवारी
निरन्तर न्यूज
२५ मंसिर २०८०, सोमबार १५:१९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन्।
घिमिरेलाई सोमबार (मंसिर २५ गते)देखि प्रवक्ता तोकिएको आयोगले जनाएको छ।
प्रवक्तासँग टेलिफोन नं ५२६२२३० र मोबाइल नं ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने आयोगले सूचित गरेको छ।










