पार्टीभित्र राष्ट्रियसभा सिट बाँड्न शेखर र गगनसँग छलफल गर्दै देउवा

निरन्तर न्यूज
२२ पुष २०८०, आईतवार १४:२२

काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाको टुंगो लागेपछि सभापति शेरबहादुर देउवाले पार्टीभित्र गुटगत भागबण्डाका लागि आन्तरिक छलफल थालेका छन् ।

सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि पार्टीको कार्यसम्पादन समिति बैठक बस्नु अघि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका छन् ।

अहिले नेता कोइराला र महामन्त्री थापाले देउवासँग छलफल गरिरहेको एक नेताले बताए । गठबन्धनमा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सिट पाएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसले एक–एक सिट लिएको छ ।

इतर पक्षले कांग्रेसले पाएको १० सीटमध्ये ४ सीटमा दाबी गरेको छ। आन्तरिक छलफल लगत्तै बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याउने कांग्रेसको तयारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*