विभिन्न कार्यक्रम गरि बागमती प्रदेशमा गणतन्त्र दिवस मनाइयाे

निरन्तर न्यूज
१५ जेष्ठ २०८१, मंगलवार १५:३२

हेटौंडा । बागमती प्रदेश स्तरको गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आज हेटौंडामा प्रभातफेरी तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।

गणतन्त्र दिवसका अवसरमा हेटौंडाको भुटन्देविबाट निकालिएको र्याली हेटौंडा बजार क्षेत्रको परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयमा आएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादब शर्माले न्याय र समानताको आधारमा प्राप्त उपलव्धिको संरक्षण–प्रर्वद्घन गर्दै थप उपलव्धीका लागि क्रियाशील रहन जरुरी रहेको बताउनुभयो । प्राप्त उपलव्धीहरुको न्यायोचित वितरण गर्दै समतामुलक एवम् शोषणरहित समाजको निर्माण गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले नागरिकको जीवनमा परिवर्तन ल्याउने काम गर्नु अहिलेको दायित्व भएको भन्दै गणतन्त्रलाई विफल बनाउने प्रयास सफल नहुने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र स्थापनाको सबैको योगदान रहेको चर्चा गर्दै अब सामाजिक न्यायका लागि काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बोल्नुभएको थियो । कार्यक्रममा ७ जना  पत्रकार,  ८ जना चलचित्र सम्वन्धि व्यक्तिहरु र ६५जना शहिद परिवारलगायतलाई सम्मान गरिएको थियो ।

गणतन्त्र दिवसकाे अवसरमा आयाेजना भएका विभिन्न कार्यक्रमकाे पुरस्कार वितरण समेत गरिएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*