हेटौंडामा खोलाले बगाएर एक बालिकाको ज्यान गयाे

निरन्तर न्यूज
२८ असार २०८१, बिहीबार १२:२८

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१८ बरौलीखोला स्थितमा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ ।

स्थानीय धन बहादुर बलको छोरी १० वर्षकी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा अचानक आफै चिप्ली बरौली खोलामा परी सोही खोलामा आएको बाढिले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक बालिकाको शव कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*