प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूसँग सामूहिक ब्रिफिङ लिँदै छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै प्रधानमन्त्री ओलीले वर्तमान समस्याहरू बुझ्ने र आगामी दिनमा सरकार कसरी अघि बढ्ने भन्नेबारे मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन लागेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
उनका अनुसार मन्त्री–सचिवहरूबाट सामूहिक ब्रिफिङ लिई सकेपछि प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम छ । अहिले ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने भनिएको छलफलका लागि मन्त्री र सचिवहरू आइसकेका छन् भने प्रधानमन्त्री आउने क्रममा छन् ।
आज दिनभर जसो नै बृहत् छलफल हुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।