दुई दलीय व्यवस्थाले देशलाइ नाेक्सान पुर्याउँछ : माधव नेपाल

निरन्तर न्यूज
३१ श्रावण २०८१, बिहीबार ०७:४२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन्। संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै यसले देशलाई नोक्शान पुर्याउने उनले बताए। दुई दलीय शासन व्यवस्था कसैले उनले चेतावनी दिए । । उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए।

‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ। अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ?’ उनले भने, दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन। हामी आउन दिँदैनौँ। बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ। बहुदलीय व्यवस्था यहाँ रहन्छ।’

अध्यक्ष नेपालले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे। नेपालले भने, ‘बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ। कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन। टिक्न सक्दैन। प्रतिगमनको, अधिनायकवादको, दुई दलीय शासनको, दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*