हेटाैँडामा बम, सेनाद्वारा डिस्पाेज

निरन्तर न्यूज
१४ जेष्ठ २०७६, मंगलवार १९:२९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका काे हटियामा रहेको शिवम् सिमेन्ट उद्योग  कम्पाउण्ड नजिकै भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिमेन्ट उद्योगको पर्खाल नजिकै प्रेसर कुकर बम देखेपछि  प्रहरीलाई खबर गरी नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गराएको थियो । बम कसले राखेको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*