एमाले हेटाैँडा उपमहानगर कमिटिका पदाधिकारीले लिए सपथ

निरन्तर न्यूज
११ पुष २०८१, बिहीबार ११:४७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय, बागमती प्रदेश स्तरिय र मकवानपुर जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमबीच नव निर्वाचित अध्यक्ष बोलबहादुर कार्की नेतृत्वको हेटौँडा उपमहानगरपालिका कमिटीका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । एमाले नगरकमिटिको निर्वाचनको प्रक्रियाबाट कार्यसमिति चयन गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

मंसिर ३० गते नगरकमिटीको अधिवेशन भएको थियो । पुस १ गते भएको निर्वाचनबाट कार्की नेतृत्वको नगर कमिटी चयन भएको थियो । अध्यक्ष कार्कीलाई निर्वाचन अधिकृतले सपथग्रहण गराउनुभयो भने अरु पदापधकारी तथा सदस्यहरुलाई अध्यक्ष कार्कीले सपथग्रहण गराउनुभयो । कार्यक्रममा प्रेस चौतारीका तर्फबाट बागमती प्रदेश र मकवानपुरमा पत्रकार महासंघमा विजयीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिका कमिटीका नव निर्वाचित अध्यक्ष बोलबहादुर कार्कीलाई प्रमाणपत्र दिदै केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*