राजेन्द्र महतो नेतृत्वकाे पार्टी निर्वाचन आयोगमा दर्ता

निरन्तर न्यूज
८ माघ २०८१, मंगलवार २०:३१

काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले मंगलबार दल दर्ता गरी त्यसको प्रमाण पत्र उपलब्ध गराएको छ । यो पार्टीको चुनाव चिह्न ग्यास सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ।

दल दर्ता नम्बर २०१ कायम भएको उक्त पार्टीका नेता केशव झाले जानकारी दिए । स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु