नेपालीहरू बोकेको अमेरिकी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई स्वदेश फर्काइएको छ ।
अमेरिकाले विमान चार्टड गरेर ११ नेपालीलाई स्वदेश फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।