तीस केजी गाँजासहित एक महिला हेटाैँडामा पक्राउ

निरन्तर न्यूज
२३ बैशाख २०८२, मंगलवार १०:०२

हेटौंडा । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ ।

३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

बिहान अन्दाजी १० बजेको समयमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरेको हो ।

गाडीको छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाईछिपाई राखिएको तीन वटा पाकेटामा  ३० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु