पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको हाे : नरेन्द्र माेदी

निरन्तर न्यूज
३० बैशाख २०८२, मंगलवार १०:३१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्। आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताएका हुन्। उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताएका छन् । सोही क्रममा १० मेमा पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर युद्ध रोक्न आग्रह गरेको उनको भनाइ छ।

‘पाकिस्तानले तनाव कम गर्न संसारभरि गुहार लगाइरहेको थियो। तबसम्म हामीले पाकिस्तानमा रहेको आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं । आतंककारीहरू मारिएका थिए। पाकिस्तानको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं । त्यसपछि पाकिस्तानबाट गुहार लगाइयो। उसबाट अगाडि कुनै आतंकी र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धता जनाइयो । अनि भारतले पनि विचार गर्‍यो। म फेरि दोहोर्‍याए भन्छु, अपरेसन सिन्दुर अहिले स्थगित मात्र गरेका हौं,’ उनले भने ।

उनले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने पनि बताएका छन्। ‘हामीले अपरेसन सिन्दुरलाई अहिले स्थगित मात्र गरेका छौं । पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं । उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*