सकियो माओवादी मकवानपुरको जिल्ला भेला

निरन्तर न्यूज
१६ जेष्ठ २०८२, बिहीबार १०:४३

मकवानपुर । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिती मकवानपुरको प्रथम जिल्ला भेला बुधबार हेटौंडामा सम्पन्न भएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक भीम पाख्रीनको अध्यक्षतामा सम्पन्न भेलामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी श्रेष्ठले बर्तमान सरकार भ्रष्टाचार र बेथितिमा डुबेको बताए । उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले लोकतान्त्रिक गणतन्त्रको कार्यान्यनका लागि पनि माओवादी केन्द्रले बजेट ल्याउन सहयोग गर्ने बताए ।

जिल्ला भेलामा नेकपा (माओवादी केन्द्रका) केन्द्रिय सदस्य कुमारी मुक्तान, केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम, केन्द्रिय सदस्य मानकुमारी नेपाली, प्रमिला पुलामी, प्रल्हाद लामिछाने, प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, जेष्ठ कम्युन मन्चका केन्द्रिय सदस्य रामहरी सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

पार्टी जिल्ला सचिव बीरबहदुर घलान ‘ज्वाला’ ले संचालन गरेको कार्यक्रममा प्रस्तुत जिल्लाको आर्थिक तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*