द्रुत मार्गमा पर्ने सुरुङ प्राथमिकतामा, १७१ सडक पुल निर्माण गरिने

निरन्तर न्यूज
१६ जेष्ठ २०८२, बिहीबार १७:४५

काठमाण्डाैँ । सरकारले आर्थिक वर्ष काठमाडौँ–तराई मधेस द्रुतमार्गमा पर्ने तीन सुरुङ सम्पन्न गर्ने भएको छ। बिहीबार संसद्‍मा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा १७१ पुल निर्माण गरिने उल्लेख छ।

त्यस्तै अध्ययन भएका सुरुङ मार्गलाई स्रोत व्यवस्थापन गर्ने भनिएको बजेटमा पूर्वपश्चिम राजमार्गमा विद्युतीय रेलमार्ग निर्माणको काम अगाडि बढाइने उल्लेख गरिएको छ।

‘अध्ययन सम्पन्न सुरुङमार्गहरूका लागि स्रोत व्यवस्थापनको काम अघि बढाइने छ,’ बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘आगामी वर्ष पूर्वपश्चिम राजमार्गलाई आधारमानी विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गा फुकुवा गरिने छ। प्रमुख राजमार्गमा आपत्कालीन सेवा उपलब्ध गराइने छ।’

त्यस्तै त्यहाँ एम्बुलेन्स र हेलिकप्टरको व्यवस्थापन गरिने समेत उल्लेख गरिएको छ। सरकारले भौतिक मन्त्रालयका लाग १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*