राजावादीकाे रत्नपार्क शान्तिबाटिका केन्द्रित आन्दोलन

निरन्तर न्यूज
१६ जेष्ठ २०८२, बिहीबार १८:०५

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन गरेका हुन् । चैत १५ गते तीनकुनेमा भएको ठूलो हिंसात्मक घटनापछि पहिलो पटक राजावादीहरू एकठाउँ जुटेर आन्दोलन गरेका हुन् ।

त्यसका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । कार्यक्रमअनुसार मैतिदेवीबाट- राजेन्द्र लिङ्देन, सिफलबाट कमल थापा, पशुपतिशमशेर राणा, नारायणचौरबाट नवराज सुवेदी, नयाँबजारबाट डा. प्रकाशचन्द्र लोहनी, त्रिपुरेश्वरबाट केशरबहादुर विष्ट लगायत नेताहरूको नेतृत्वमा जुलुस लिएर पुगे ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*